विनाकारण नेता पक्राउ गरेको भन्दै माओवादीद्धारा कडा आपत्ति 

विनाकारण नेता पक्राउ गरेको भन्दै माओवादीद्धारा कडा आपत्ति 

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बाजुरा , १७ साउन ।

नेकपा माओवादी नेता तथा पूर्वसभासद डबल शाहलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै माओवादीले कडा आपत्ति जनाएको छ ।

शाहलाई प्रहरीले गयराति बाजुरास्थित उहााको आफ्नै घरबाट पक्रेर जिल्ला प्रहरी कार्यालय बाजुरामा राखेको छ । नेकपा माओवादी सेति उपब्युरो इन्चार्ज रामप्रसाद तिमिल्सनाले नेता शाहलाई तत्काल रिहाई गर्न माग गर्नुभयो ।

माओवादी बाजुराले शुक्रबार बाजुराका स्थानिय विकास अधिकारी युवराज पौडेलले ठुलो रकम भ्रष्टचार गरेको भन्दै कालो मोसो दलेको थियो । नेकपा माओवादी बाजुराले भ्रष्टचारीलाई कालो मासो दल्दा यसरी प्रशासनले हस्तक्षेप गरेको प्रति कडा आपत्ति जनाउदै यदि तत्काल रिहाई नगरे कडा संघर्षको कार्यक्रम घोषणा गर्ने बताएको छ ।

यसैविच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आइतबार दिउासो उदयपुरको रामपुरठोक्सिला गाबिसका एक एम्बुलेन्स सञ्चालकलाई कालोमोसो दलेका छन् ।

सप्तेश्वरी सेवा समिति रामपुरठोक्सिला–७ द्वारा सञ्चालित एम्बुलेन्सको खरिद तथा सञ्चालनमा अनियमितता गरेको भन्दै माओवादी कार्यकर्ताले समितिका पूर्वअध्यक्ष रामपुरठोक्सिला–७ लालबजारका ५० वर्षका भिमबहादुर खड्कालाई कालोमोसो दलेका हुन् ।

खड्कालाई दिउासो ५ बजेको समयमा लालबजारचौकमा माओवादी जिल्ला सदस्य पूर्णबहादुर तामाङ्गको नेतृत्वमा सात जनाको समूहले कालोमोसो दलको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयराज सापकोटाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी