संवाद समितीले तोकिएको समयभित्र काम गर्न सकेन

संवाद समितीले तोकिएको समयभित्र काम गर्न सकेन

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं,१७ साउन ।

जनताले दिएको सुझावको आधारमा मस्यौदा परिमार्जन गर्न आजसम्मको समय पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिती निर्धारीत समयभित्र काम पुरा गर्न असमर्थ भएको छ ।

आज बसेको समितिको बैठकमा समिति सभापति बाबुराम भट्टराईले विवाद समाधानकालागि गठित विशेष समितिमा शीर्षनेताबीच सिमाकंन र नामाकंनसहितको संघीयता जारी गर्ने विषयमा छलफल जारी रहेकाले अर्को सुचना जारी नभएसम्म बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो ।

भट्टराईले जनताबाट आएका सुझावलाई परिमार्जन गर्न थप समय आवश्यक पर्ने भन्दै समय थपका लागि संविधासभासँग आग्र्रह गर्ने बैठकमा बताउनु भएको थियो ।

समितिको बैठकमा कार्यदलका संयोजक भीम रावलले प्रतिवेदन बुझाउनु भएको छ । समितिको बैठकमा एमाले सभासदले भने सभापति भट्टराईले संविधान जारी गर्ने कार्यतालिका प्रभावित पार्ने गर संविधानसभा नै तुहाउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी