जघन्य अपराधलाई नियन्त्रण गर्न सशक्त कानून बनाउन आबश्यक छ : मावनअधिकार आयोग

जघन्य अपराधलाई नियन्त्रण गर्न सशक्त कानून बनाउन आबश्यक छ : मावनअधिकार आयोग

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,१७ साउन ।
राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासीमा बालकलाई बलि दिइएको घटनालाई क्रुर र जघन्य अपराध भन्दै यस्ता पाशविक कार्य नियन्त्रण गर्न सशक्त कानून बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

आयोग प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकालेर मौजुदा कानूनहरुलाई समय सापेक्ष परिमार्जन गर्न ध्यानाकर्षण गराउनु भएको छ । अपराधमा संलग्न व्यक्तिहरुलाई कानून बमोजम अधिकतम सजाय हुनुपर्ने तथा मृतकका घरपरिवार ज्याला मजदुरी गर्ने भएकाले तत्काल राहत र क्षतिपूर्ति स्वरुप उचित रकम उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

नवलपरासीको कुडिया गाविस ४ का कोदाई हरिजनका बिरामी छोरा विजयको उपचारका लागि नर बलि आवश्यक परेको भन्दै कोदाई हरिजन र झााक्रीहरुले मर्चहवाका शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको घााटी रेटी हत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी