काठमाण्डौ,१७ साउन ।
उद्योग मन्त्री महेश बस्नेतले साउन ३२ गतेको सट्टा भदौ १ गते संबिधान जारी गर्नुपर्ने बताउनु भएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भदौ १ गते संविधान जारी गरिनुपर्ने बताउनु भएको हो ।
उहाले संविधान जारी भएको दिन ऐतिहासिक दिने हुने भन्दै यो दिनको सम्झना गर्न आगामी वर्षहरुमा साउनको महिना ३२ गतेकै हुने वा नहुने भएकाले भदौ १ गते संविधान जारी गर्नुपर्ने बताउनु भयो ।
उहाले मधेसवादी दलहरुमा विश्वासको वातावरण नरहेकाले प्रदेशको सीमाङ्कनमा समस्या आउको दाबी गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा समितिका अध्यक्ष पशुपतिबाबु पुरीले भक्तपुरलाई साउनभित्रमा पूर्ण साक्षर जिल्ला घोषणा गरिने बताउँदै भक्तपुरलाई अब पूर्ण सरसफाइ, पूर्ण खोपयुक्त, पूर्ण बालश्रममुक्त जिल्ला घोषणा गर्ने तयारी भएको जानकारी दिनुभयो ।