काठमाण्डौ,१७ साउन ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधान जारी गर्नमा कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
आज बिहान विश्व निकेतन उच्च माविको पाँच कोठे भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री सिंहले संविधानसभामा प्रतिनिधित्व गर्नै सबै दलको बिचार समेट्नुपर्ने भएकाले नयाँ संविधान कुनै पनि दलले भनेजस्तो नहुने दाबी गर्नुभयो ।
उहाले संविधान सहमतिको दस्तावेज हुने भएकाले असन्तुष्ट पक्षको माग सम्वोधन गर्न प्रमुख दलबिच भएको १६ बुँदे सहमतिमा पुनर्बिचार गर्न सकिने बताउनु भयो । मन्त्री सिंहले नयाँ संविधान निर्माण गर्दा लोकतान्त्रिक मूल्य मान्यता र पूर्ण प्रेस स्वतन्त्रतामा सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline