काठमाण्डौ,१७ साउन ।
कास्कीमा थप ३ जनाको शब भेटिएसंगै पहिरोमा परेर मुत्यु हुनेको संख्या ३५ पुगेको छ । बुधबार राति बर्षासंगै आएको पहिरोमा परी लुम्लेमा २७, भदौरेतामागीमा ६ र ढिकुरपोखरीमा २ जनाको ज्यान गएको हो ।
भदौरेमा ६८ बषिर्य इन्द्रप्रसाद देवकोटा , ६२ बर्षीया रुद्रवति देवकोटा र लुम्लेमा समिर पराजुलीको शव भेटीसंगै कास्कीमा मुत्यु हुनेको संख्या ३५ पुगेको कास्कीका प्रहरी नायव उपरिक्षक केदारप्रसाद रजौरेले जानकारी दिनुभयो ।
पहिरोमा परेर लुम्लेमा ५ बर्षीया कविता शेर्पा र भदौरेमा ५ वषिर्य विश्व पराजुली, १० महिनाका किस्मत सुनार र १० बर्षका मनबहादुर विक अझै वेपत्ता छन । उनीहरुको खोजि कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक रजौरेले जानकारी दिनुभयो । स्थानीयले वेपत्ताहरुको खोजी कार्य प्रभावकारी नभएको गुनासो गरेका छन ।
यसैबिच जिल्ला प्रशासन कार्यालय कास्कीले पीडित परिवारलाई राहत प्रदान गरेको छ । पीडित ३० परिवार र घर बगाएकाहरुलाई घर निर्माणका लागि गरेर कुल १२ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
मृतक परिवारलाई किरिया खर्च ४० हजारको दरले र पुर्ण रुपमा क्षति भएका घर परिवारलाई प्रारम्भिक चरणमा ५ हजार प्रदान गरेको राउतले जानकारी दिनुभयो ।