क्रान्तिकारी नेता भिमदत्त पन्तको ६३ औं स्मृति दिवस आज

क्रान्तिकारी नेता भिमदत्त पन्तको ६३ औं स्मृति दिवस आज

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १७ साउन ।

सुदूरपश्चिमका चर्चित क्रान्तिकारी नेता भिमदत्त पन्तको आज ६३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

पन्तले ‘जसको जोत उस्को पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ भन्दै जनताका लागि शोषकहरुका विरुद्धमा संघर्ष गर्नुभएको थियो ।

नेता पन्त वि.सं. १९८३ साल मंसिर १० गते डडेलधुराको अमरगढी न.पा.१ मा जन्मिनु भएको थियो । अन्याय र भेदभाव सहन नसक्ने स्वभावका नेता पन्तले २००७ साल देखि नै किसान मजदुरहरुको पक्षमा आन्दोलनको सुरुवात गर्नुभएको थियो ।

पन्तको स्मृति दिवसको अवसरमा आज डडेल्धुराको बागबजारमा पन्तको सम्मान र सम्झनामा भिमदत्तको शालिकमा माल्यार्पण, उपक्षेत्रिय अस्पतालका बिरामीहरुलाई फलफुल वितरण र जिल्ला कृषि कार्यालय डडेल्धुराको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट किसानलाई अभिनन्दन गरिने भिमदत्त प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

पन्तलाई देशद्रोही भन्दै २०१० साउन १७ गते तत्कालिन सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी