काठमाडौं, १७ साउन ।
गत बैसाख १२ को भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेका काभ्रेका ६ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालका अनुसार जिल्लाका नाग्रेगर्गचे, पोखरीचौर, पोखरीनारायणस्थान, शिखरआम्वोटे, चण्डेनी मण्डन, महादेवस्थान र च्याम्राङबेशी लगायत गाविसका ६ सय ७ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्लाको सिसाखानी ७ का ३२ घरपरिवारलाई भने अहिलेसम्म सारिएको छैन् । उनीहरुलाई सार्नको लागि आवश्यक तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी पूजा सिंहले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा रहेका ९९ घरपरिवारलाई एक हप्तामा सुरक्षित स्थानमा सारि सकिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline