सतर्क रहनुहोला , काठमाण्डौंमा देखियो हैजा ।

सतर्क रहनुहोला , काठमाण्डौंमा देखियो हैजा ।

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,  १६ साउन ।
काठमाडौंका बिरामीमा हैजाको लक्षण भेटिएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका ३० जना मध्ये पााच जनामा हैजाको लक्षण भेटिएको अस्पतालका डा. अनुप बास्तोलाले जानकारी दिनुभयो ।

ती बिरामीको दिसा चौलानी जस्तो भएको र दिसा नथामिएको डा. बास्तोलाले बताउनु भयो । २४ घण्टामा कुलेश्वरबाट मात्र ३० जना भन्दा बढी झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका बिरामीले धारा तथा ट्यांकरको पानी पिउने गरेको कारण हैजा फैलिएको हुनसक्ने डा. बास्तोलाले जानकारी दिनुभयो ।

उपत्यकामा हैजा व्यापक भए ठूलो क्षति हुन सक्छ । त्यसैले बेलैमा शतर्क रहनु उचित हुने चिकित्सकहरुको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी