काठमाडौं, १६ साउन ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्ऽमा कार्यरत सुपरभाइजर विनोद पण्डितलाई २५ हजार रुपैयाा घुससहित आज अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरको टोलीले वितरण केन्ऽको मिटर शाखामा कार्यरत सुपरभाइजर पण्डितलाई घुससहित पक्राउ गरेको हो ।
आज बिदाको दिन भएपनि कार्यालयमा उपस्थित भएका पण्डितलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक वसन्तकुमार कुावरले जानकारी दिनुभयो ।
पण्डितले नेपालगन्जस्थित प्राइम इन्स्योरेन्स कम्पनीमा थ्री फेज तार जडानका लागि घुस माग गरेको प्रमुख कुावरले बताउनुभयो । बााकेमा झण्डै ६ महिनाको अवधीमा अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालयको टोलीले ९ जनालाई रंगेहात पक्राउ गरेको छ । बााकेमा यसअघि जिल्ला वन, नापी कार्यालय र जिल्ला प्रशासनमा छापा मारी अख्तियारले कर्मचारीलाई घुस सहित पक्राउ गरेको थियो ।
अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालयको टोलीले शुक्रबार मात्रै जिल्ला वन कार्यालय बााकेका सहायक वन अधिकृत बदरुद्धिन खानलाई ४० हजार रुपैयाा घुस सहित कार्यकक्षबाटै पक्राउ गरिएको थियो ।