काठमाडौं, १६ साउन ।
वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले नया संविधान निर्माणका लागि काम तीव्र गतिमा भइरहेकाले साउन मसान्तभित्र संविधान जारी हुने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधनाको प्रारम्भिक मस्यौदामा प्राप्त जनताका सुझावलाई छलफल गरी मस्यौदामा समेट्ने उद्देश्यले दलहरुबीच घनीभुत रुपमा छलफल भइरहेकाले बताउदै निर्धा्रित समयमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
सबै दललाई सम्बोधन हुने गरी सीमाङ्कनसहित संविधान जारी गर्न प्रयास भइरहेको र सो विषयमा असन्तुष्ट दलसँग वार्ताका लागि प्रधानमन्त्रीसहित चार दलका नेता प्रयत्नशील रहेको समेत उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline