नागरिकबाट प्राप्त सुझावलाई आज विशेष समितिले अन्तिम रुप दिँदै

नागरिकबाट प्राप्त सुझावलाई आज विशेष समितिले अन्तिम रुप दिँदै

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १६ साउन ।

नागरिकबाट प्राप्त सुझावलाई संविधानको प्रारम्भिक मस्यौदामा समावेश गर्नका लागि गठन गरिएको प्रमुख दलका शिर्ष नेता सम्मिलित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गरेर मस्यौदालाई टुङ्गो लगाउने तयारी गरेको छ ।

विशेष समिति अन्तर्गतको कार्यदलले पेस गरेको प्रतिवेदनमा समावेश गरिएको सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषय निरुपण गर्ने समितिका संयोजक डा. बाबुराम भट्टराईले  जानकारी दिनुभयो ।

नागरिकबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन पेस गरेको थियो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः आज छलफल गर्न बिहान विशेष समिति बैठक बस्ने छ । यस्तै समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि आज दिउँसो बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी