युनिटीका विष्णु र कृष्ण पाच बर्षपछि पक्राउ ,फेसबुकले पक्रायो

युनिटीका विष्णु र कृष्ण पाच बर्षपछि पक्राउ ,फेसबुकले पक्रायो

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौ ।
फेसबुक वालमा गत असार २३ मा सनसनीपुर्ण फोटो र स्ट्याटस देखिए– नेटवर्किङ ब्यावसाय युनिटी लाईफ इन्टनेशनलका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीको हत्या । एउटा शवलाई उनको भनी तस्विरसहित यो स्ट्याटस पोस्ट गरिएको थियो । र, स्ट्याटस लेख्ने थिए उनकै दाजु कृष्ण क्षेत्री ।

उनले आफ्नो भाई मारिएकाले उसका लागि एक दिन शोक मनाउन अनुरोध गरेका थिए । उनको स्टाटस र फोटो धेरैले सेयर पनि गरे । तर जब खोजीनिती गरियो, उनको मृत्यु भएको खबर पुष्टि भएन ।

त्यसको एक महिना नबित्दै आज साउन १५ गते प्रहरीले मारिएका भनिएका बिष्णु र उनका दाजु कृष्ण क्षेत्रीलाई पक्राउ गरेर सार्वजानिक र्गयो । आखिर एउटा दाईले आफ्ना जिवित भाईलाई मृत भनेर किन भने ?

यी दाजु भाई युनिटी नेटवर्किङका माध्यमबाट सर्वसाधारणको करोडौं रुपैंया ठगी गरेको आरोपमा इन्टरपोलको रेडकर्नर सुचीमा थिए । क्षेत्री दाजुभाईलाई २०६८ माघ २ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलको रेडकर्नर नोटिसमा राखेको थियो । पाँच बर्षअघि युनिटी इन्टनेसनल लिमिटेड संस्थाका नाममा क्षेत्री दाजु भाईसहित अन्यले नेपाल राष्ट्र बैंक र डिभिजन सहकारी संस्थासँग स्विकृति नलिई निक्षेप संकलन सम्बन्धी बित्तिय कारोबार गरेको अभियोग थियो ।

युनिटी लाईफमा प्रबन्ध निर्देशक बिष्णु बहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्री थिए । युनिटीले देशभरका ३ लाख ६६ हजार ३ सय ४२ सर्वसाधारणलाई झुट्टा आश्वासन दिएर ३ अर्ब ७९ करोड ९८ लाख ७० हजार एक सय ३ रुपैंया ठगी गरेको थियो । विष्णु र कृष्णका विषयमा ललितपुर जिल्ला अदालतले २०७० चैत १७ गते फैसला गर्दै दुवै जनालाई तीनरतीन बर्ष कैद र १ करोड ५ लाख २६ हजार २ सय ७६ रुपैंया जरिवाना र जरिवाना बराबरकै रकम जाहेरवालालाई तिराउन फैसला गरेको थियो ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अत्तिरिक्त महानिरीक्षक (एआईजीपी) बिज्ञानराज शर्माका अनुसार दाजुभाईलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको थियो । ‘नेपाल–भारत सीमाका गाउँमा लुकेर बसेको सुचनापछि अनुसन्धान गर्दै जादाँ फेला परिएको शर्माले बताउनु भयो ।

प्रहरीले यी दुई दाजुभाइलाई फेसबुक स्ट्याटसकै आधारमा प्रहरीले पक्राउ गरेको हो । अपराध महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक सबेन्द्र खनालले भन्नुभयो दाई कृष्णले फेसबुकमा दिनुहँ आफ्नो भाईलाई गोली हानेर मारेको फोटो राखेपछि त्यो स्ट्याटसले त हामीलाई चुनौती दिएजस्तो भएको थियो ,त्यसपछि गहिरो अनुसन्धान सुरु र्गयौं ।

कृष्ण क्षेत्रीले फेसबुकमा स्ट्याटस राखेको ‘लोकेसन’का आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । त्यही क्रममा उनीहरु भारतमा रहेको फेला परेको थियो । महाशाखाबाट खटिएका प्रहरीले भारत उत्तराञ्चल प्रहरीको मद्दतमा पक्राउ गरेका हुन् । क्षेत्रीद्वय उत्तराञ्चल प्रदेशमा ब्यावसायीक माछा पालन गरेर बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी