सबैलाई समेटेर सविधान बनाउन मोदीको सुझाव

सबैलाई समेटेर सविधान बनाउन मोदीको सुझाव

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

साउन १५ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीले सबै पक्षलाई समेटेर संविधान बनाउन सुझाव दिएका छन् ।

शुक्रबार अपरान्ह दिल्लीमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासाग भएको भेटवार्ताका क्रममा मोदीले सो सुझाव दिएका हुन् ।

सबैलाई समेटेर बनाएको संविधानले समावेशी, स्थिर र समृद्ध नेपालको निर्माणमा सघाउ पुग्ने धारणा पूर्व प्रम देउवासाग मोदीले राखेका हुन् । भेटका अवसरमा देउवाले नेपालमा छिटै संविधान जारी हुन लागेको बताउादै संविधानपछि सुरु हुने विकासको यात्रामा भारतबाट महत्वपूर्ण सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए। उनले असन्तुष्ट रहेका दल तथा पक्षहरुलाई पनि समेटेर सहमति संविधान बनाउने कोसिस भइरहेको जानकारी दिए।

भारत भ्रमणमा रहेका देउवाले शुक्रबारै दिउासो भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा बिहीबार विदेशमन्त्री सुष्मा स्वराज पनि भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी