काठमाडौं, १५ साउन ।
भारत भ्रमणमा रहनु भएका नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुु्र देउबाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेटबार्ता गर्नुभएको छ । भेटबार्तामा भारतीय राष्ट्रपति प्रणब मुखर्जीले नेपालमा छिटो लोकतान्त्रिक संविधान जारी भएर शान्ति र स्थायीत्व कायम होस् भन्ने चाहना भारतको रहेको बताउनु भयो ।
भारतीय राष्ट्रपतिले सकेसम्म आम सहमतिमा नभए अधिकतम सहमतिमा भए पनि छिटोभन्दा छिटो संविधान जारी भएर नेपाल समृद्धिको बाटोमा अघि बढोस् भन्ने इच्छा व्यक्त गर्नुभएको छ । भेटबार्तामा नेता देउवाले भने दलहरु छलफलमा रहेकोले छिट्टै सहमतिमा संविधान जारी हुने अवस्थामा रहेको भन्दै एक महिनाभित्र मुलुकले संविधान पाउने बताउनु भएको थियो ।
आजै नयाँ दिल्लीमा पूर्वकुटनीतिकहरुको संस्था आइबिएफले आयोजना गरेको अन्र्त्क्रिया कार्यक्रममा बरिष्ठ नेता देउवाले आफूहरु सीमांकनसहितकै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाले प्रमुख दलहरुले अहिले सीमांकनसहितको संविधान जारी गर्ने विषयमा छलफल गरिरहेको बताउदै मधेसी दलहरुलाई पनि साथै लिएर जाने बताउनु भयो । नेता देउवाले भारतका पर्यटक र लगानीकर्ता नेपाल आए सुरक्षित अवस्था रहेको दावी गर्नुभयो ।