अर्बौं ठग्ने युनिटीका सञ्चालक क्षेत्री दाजुभाई पक्राउ

अर्बौं ठग्ने युनिटीका सञ्चालक क्षेत्री दाजुभाई पक्राउ

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ,१५ साउन ।

युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक सदस्य विष्णु क्षेत्री पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले उनीसहित उनका भाई कृष्ण क्षेत्रीलाई नेपाल भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो ।

गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सजस्ता आर्थिक गतिविधि सञ्चालन गरी आम सर्वसाधारणको अर्बौं रुपैयाँ ठगी गरेको भन्दै सरकारले करिब ४ वर्षअघि युनिटीका सञ्चालकहरुलाई कारवाही शुरु गरेको थियो। आफूहरुमाथि कारवाही शुरु भएपछि क्षेत्री दाजूभाई फरार थिए ।

प्रहरीले डेढ वर्षअघि युनिटीक अध्यक्ष काशी गुरुङलाई पक्राउ गरे पनि क्षेत्री दाजूभाई भने फेला परेका थिएनन् । भारतमा लुक्दै बसेका कृष्ण क्षेत्रीले एक महिनाअघि फेसबुकमार्फत आफ्ना दाजु विष्णु क्षेत्रीको गोली हानी हत्या भएको भन्दै झुटो दाबीसहितको हल्ला चलाएका थिए । उक्त झुटो दाबीपछि प्रहरीले यी दुई दाजुभाईको खोजी प्रक्रियालाई अझ तीव्र बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी