मन्त्रालयमा हुने गरेका त्रुटि र कमजोरी सुधार गर्न संसदीय समितीको निर्देशन

मन्त्रालयमा हुने गरेका त्रुटि र कमजोरी सुधार गर्न संसदीय समितीको निर्देशन

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १५ साउन ।

ब्यबस्थापिका संसदको अन्तराष्टिय सम्बन्ध तथा श्रम समितिले परराष्ट्र मन्त्रालयमा हुने गरेका त्रुटि र कमजोरी सुधार गर्न निर्देशन दिएको छ । सिहदरबारमा आज बसेको समितीकोे बैठकले अबका दिनमा परराष्ट्र मन्त्रालयमा हुने गरेका त्रुटि र कमजोरीमा सुधार आउनु पर्ने भन्दै यस्तो निर्देशन दिएको हो ।

समितीको बैठकमा बोल्दै परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले अबका दिनमा राजदूत नियुक्ति व्यक्तिको क्षमताको आधारमा गरिने बताउनु भएको छ । राजनीतिक नियुक्तिको आधारमा हुने राजदूत नियुक्तिले कुटनीतिक सम्बन्ध बिग्रँदै गएको भन्दै उहाले व्यक्तिको क्षमता हेरेर मात्र नियुक्ति गरिने दाबी गर्नुभयो ।

मन्त्री पाण्डेले विदेशमा रहेका नेपालीको हक, हित र त्यहाँको कुटनीतिक सम्बन्ध विस्तार राजदूतको मुख्य कर्तव्य भए पनि अहिलेसम्म त्यसो हुन नसकेको स्वीकार गर्नुभयो ।  बैठकमा राजदूत नियुक्तिमा भएको ढिलाइ र पासपोर्ट छपाइबारे समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेको थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी