काठमाण्डौ,१५ साउन ।
आज एक जनाको शब भेटिए संगै कास्कीमा पहिरोमा पुरेर मुत्यु हुनेको संख्या ३१ पुगेको छ । भारी बर्षासंगै बुधबार राती १ बजेतिर आएको पहिरोले कास्कीका बिभिन्न गाबिसका ३१ जनाको मुत्यु भएको छ ।
लुम्लेमा पहिरोमा पुरिएर बेपत्ता भएकी ७२ बर्षिय सियोधरी देवकोटाको शब भेटिएसंगै मुत्यु हुनेको संख्या ३१ पुगेको हो । लुम्ले ६ माझथरको एउटै वडामा मात्र २४ जनाको ज्यान गएको छ । भदौरेतामागी गाविसमा पाँच र ढिकुरपोखरी गाविसमा दुई जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले दिएको जानकारी अनुसार लुम्लेमा ४ र भदौरेतामागी गाबिसमा ४ जना अझै बेपत्ता रहेका छन । उनीहरुको खोजी भइरहेको रावतले बताउनु भयो ।पहिरोबाट निकालिएका सबै जनाको आज सामुहिक अन्येष्टी गरीने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline