उत्तरी गोरखाको अधिकांश ठाउँमा पहिरो

उत्तरी गोरखाको अधिकांश ठाउँमा पहिरो

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,१५ साउन ।

बैशाख १२ गते गएको बिनासकारी भुकम्पले चिराचिरा भएको जमिनमा पानी छिरेपछि उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिरो गएको छ । पहिरोले खासै असर नपुयाएपनि स्थानिय बासी ठुलै पहिरो आउन्छ कि भन्ने डर र त्रासमा रहेका छन ।

गोरखाको सिर्दिवास, काशीगाउँ, केरौँजा, उहिया, लापु, थुमी, गुम्दा, लाप्राक र बारपाक क्षेत्रमा पहिरोको उच्च जोखिम रहेका छन । भूकम्पपछि चिरा परेको जमिनमा पानी परेपछि जुनसुकै बेला पनि पहिरो झर्न सक्ने र गाउँ पुर्न सक्ने भएकाले स्थानियहरु चिन्तीत भएका छन ।
भूकम्पपछि झरेको पहिरो पन्छाउन नसक्दा सेना, सशस्त्र प्रहरीले केरौँजा हुँदै सिर्दिवासको जगतबजार जोड्ने गोरेटो बाटो खुलाएका थिए । तर, नयाँ खोलेको बाटोभरि पहिरो झरेकाले हिँड्न सक्ने अवस्था नरहेको स्थानिय बासीको भनाई छ ।

भारी बर्षाभएपछि तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुम्चेत गाविसमा नुनको अभाव भएको छ । नुनको अभाबमा स्थानिय बासीहरु अहिले बिना नुनकै तरकारी खान बाध्य भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी