बिशेष समितीलाई सहयोग गर्न द्रोस्रो तहका नेताहरुद्धारा काम सुरु

बिशेष समितीलाई सहयोग गर्न द्रोस्रो तहका नेताहरुद्धारा काम सुरु

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १५ साउन ।

संबिधानको मस्यौदामा नागरिकका तर्फबाट आएका सुझावमा सहमती जुटाउन जिम्मा पाएको प्रमुख दल सम्मलित बिशेष समितीलाई सहयोग गर्न द्रोस्रो तहका नेताहरुले काम सुरु गरेका छन ।

नेपाली काग्रेसका रमेश लेखक , एमालेका भिम राबल, एकिकृत नेकपा माओबादीका गिरीराज मणी पोखरेल , फोरम लोकतान्त्रिकका जितेन्द्र देब र साना दलहरुका तर्फबाट पे्र्रम बहादु्र सिह रहेको ५ सदस्यीय कार्यदलले सुझाबहरु अध्ययन गरी भोलीसम्ममा शिर्ष नेताहरुलाई रिपोट बुझाउने जिम्मा पाएको हो ।

कार्यदलले आज दिनभरी नै छलफल गरेर प्रतिवेदन तयार गर्ने र भोलि शीर्ष नेताहरुसहितको छलफलपछि सम्वाद समितिमा रिपोट बुझाउने कार्यदलका सदस्य भिम राबलले जानकारी दिनुभयो । नागरिकका धेरैभन्दा धेरै सुझाव समेट्ने गरी मस्यौदा परिमार्जन गरिने र मुख्य विषयमा पनि १६ बुँदे सहमतिलाई नै आधार बनाइने कार्यदलका सदस्य रावलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी