कास्की र म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पु्ग्यो

कास्की र म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पु्ग्यो

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १५ असार ।

कास्की र म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मिर्मिरेलाई दिएको जानकारी अनुसार कास्कीको लुम्ले, भदौरे ढिकुरपोखरीमा मात्र पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको हो ।

बुधबार राति अविरल बर्षासँगै खसेको पहिरोमा परि लुम्लेमा २३, भदौरे तामागीमा ५ र ढिकुरपोखरीमा २ जना जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुम्लेमा पहिरोले १७ घर पुरिदा लुम्ले–६ का अर्जुन गुरुङ, रत्ना पौडेल, बसन्त बिक, चिजा बिक, सम्झना बिक, सविना बिक, सुनिल बिक, मञ्जु सुनार र उनकी ३ महिनाकी छोरीको मृत्यु भएको छ ।

यस्तै सुमकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई, नाम नखुलेकी उनकी श्रीमतीका साथै खिमौरी बिक र पद्मा देवकोटाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

उता, भदौरेमा ८ घर बगाउँदा टिकाराम बिक, रामकुमारी बिक, नन्दकली पराजुली, गौरी पराजुली र करण पराजुलीको मृत्यु भएको छ । पहिरोमा परी लुम्लेमा ७ जना घाइते भएका छन भने ९भन्दा बढी बेपत्ता भएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परि भदौरे तामागीमा १३ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन् ।

घटनास्थलमा डोजर प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धार कार्य जारी छन् ।घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रशरीले जनाएको छ । भदौरे तामागीमा एक हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीनवटा पुलसमेत बगाएको छ ।

अविरल बर्षापछि कास्कीमा रहेको खहरे र हर्पन खोलामा बाढी आएपछि आसपासका स्थानीयहरु सुरक्षीत स्थान खोज्दै डाँडाँतर्फ लाग्दा पहिरो झरेको स्थानीयहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ