ईन्सेकद्धारा प्रदान गरीने प्रकाश मानव अधिकार पुरस्कार वैद्यनाथ झा लाई

ईन्सेकद्धारा प्रदान गरीने प्रकाश मानव अधिकार पुरस्कार वैद्यनाथ झा लाई

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,१४ साउन ।
अनौपचारिक क्षेत्र सेवा केन्ऽ (इन्सेक)ले ‘२१ औं प्रकाश मानवअधिकार पुरस्कार २०७१’ बाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ ।

इन्सेक कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित पुरस्कार सिफारिश समितिले झाको नाम छनोट गरेको हो ।
झा चार दशकदेखि मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील हुनुुहुन्छ । यही साउन १६ गते राजविराजमा हुने कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितद्धारा झालाई सम्मान गरिने इन्सेकले जनाएको छ ।

पुरस्कारको राशी ५० हजार नगद र सम्मानपत्र रहेको छ । इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा ०५१ सालमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ स्थापना गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी