‘फास्ट ट्रयाक’ निर्माण जतिसक्दो छिटो सक्न संसदीय समितिको ध्यानाकर्षण

‘फास्ट ट्रयाक’ निर्माण जतिसक्दो छिटो सक्न संसदीय समितिको ध्यानाकर्षण

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, १४ साउन ।
संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले मुलुकको आर्थिक प्रगतिका लागि काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माणकार्यलाई जतिसक्दो छिटो सक्न सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराएको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्ऽ निधिले मुलुकको प्रतिष्ठाको फास्ट ट्रयाक निर्माणकार्य कुनै हालतमा पनि नरोकिने बताउनु भयो । मन्त्री निधिले फास्ट ट्रयाक निर्माणका लागि वन तथा उर्जा मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयसाग छलफल भइरहेको जानकारी दिनु भयो ।

यसैगरी, आजै बसेको वातावरण संरक्षण समितिको बैठकले पनि मेलम्ची खानेपानी आयोजना निर्माणको काममा भएको ढिलाइबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सदस्यहरुले मेलच्ची आयोजना सम्पन्न हुने बारेमा सर्वसाधारणलाई झुठो वितरण दिइएको भन्दै आपत्ति जनाएपछि समितिले त्यसबारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।

यसैगरी, समितिका सदस्यहरुले निर्माण सामाग्रीको मूल्यबृद्धि नियन्त्रण गर्ने संरचना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नसमेत सुझाव दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी