काठमाण्डौ,१४ साउन ।
गौहत्याका बिरुद्धमा कैलाली सहित सुदुरपश्चिमभर रहेका हिन्दु धर्मका सर्मथकहरुको आन्दोलन चर्किदै जान थालेको छ । कैलालीका बिभिन्न स्थानमा धमाधम गाईहरुको निर्ममता पुर्वक हत्या हुन थालेपछि गौहत्याका बिरुद्धमा कैलाली सहित सुदुरपश्चिमभर आन्दोलन चर्किदै जान थालेको हो ।
केहि दिन अघि कैलालीको पटेला र ओलानीमा करिब १२ वटा गाईको निर्ममता पुर्वक हत्या गरिएको घटना बाहिर आएपछि हिन्दु धर्मालम्बी र राष्ट्रबादीहरु एकजुट भएर सडकमा उत्रिएका हुन । नेपालको राष्ट्रियता संगै हन्दु धर्म माथि ठाडो प्रहार हुन थालेपछि त्यसका बिरुद्धमा ओमकारहरु एकताबद्ध हुन थालेका हुन ।
यस क्षेत्रमा रहेका केहि हिन्दुबादी संघसस्थाहरुको अगुवाईमा करिब तिन दिन अघि धनगढीबाट सुरु भएको गौहत्याका हत्यारालाई कारबाहि र हिन्दु धर्म बचाउन अभियान अहिले धनगढी संगै अत्तरिया, कंचनपुर सहित सुदुरपश्चिमभर फैलिदै जान थालेको छ ।
ठाउ ठाउमा हिन्दु धर्म बचाउन अभियानका साथ संर्घष समितिहरु समेत स्थानियले गठन गर्न थालेका छन । संर्घष समिति मार्फत हिन्दु धर्म बचाउनका लागि बिभिन्न कार्यक्रमहरु समेत संचालन हुने कार्यक्रमले पछिल्लो केहिदिन यता कैलालीमा बढोत्तरी पाएको छ ।
यसैबिच हिन्दु धर्म संरक्षण संर्घष समिति धनगढीले आज गौहत्या गर्ने लाई कारबाहिको माग सहित धनगढी अत्तरिया बृहत मोटरसाईकल र्याली समेत प्रर्दशन गरेको छ । आज बिहान धनगढीबाट सुरु भएको मोटरसाईकल र्याली अत्तरियाको चोकमा कोणसभामा परिणत भए फेरि धनगढी पुगि समापन भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संर्घष समिति धनगढीका संयोजक हरि रेग्मीले बिभिन्न बाहानामा हिन्दु धर्म माथि हुन थालेको प्रहार नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । आवाज यस्तै कोणसभालाई सम्बोधन गर्दै युवा नेता लोकराज पाण्डेय आगोले ८० प्रतिशत हिन्दुहरु रहेको देशमा उनिहरुको धर्म माथि कसैले आँच आउने काम गरे आफ्नो सनातन धर्म बचाउनका लागि जस्तो सुकै आन्दोलनको भुमरिमा जान पनि सुदुरपश्चिमबासी तयार रहेको जिकिर गर्नुभयो ।
उहाले सुदुरपश्चिम एक प्रदेश निर्माणका लागि ३२ दिने लामो आन्दोलन गरेको स्मरण गराउदै उहाले फेरि पनि सुदुरपश्चिम एक प्रदेश र हिन्दु धर्म बचाउनका लागि ३२ दिने होईन १ वर्ष सम्म पनि आन्दोलन गर्न तयार रहेको दाबि गर्नुभयो । यसैगरि आजै हिन्दु धर्म संरक्षण संर्घष समिति धनगढीले दिउसो धनगढीमा शान्ति र्याली समेत प्रर्दशन गरेको थियो ।