काठमाडौ, १४ साउन ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले केही राजनीति पार्टीहरुले इतिहासको उल्ट्याउादै जनविरोध संविधान ल्याउन लागेकाले घोषणा भएकै दिन च्यातेर आन्दोलनमा जाने चेतावनी दिनु भएको छ ।
विहीबार संवाद डबलीमा ‘कौशीकी’ पत्रिकाको विशेषाङ्कको विमोचन गर्दै वैद्यले संविधानसभाले जनताको संविधान नबनाउने पार्टीको धारणामा परिवर्तन नभएको बताउनु भयो । “यो संविधानसभाबाट जनताको संविधान बन्न सक्दैन । हामी पश्चगामी संविधानको पक्षमा छैन । जबरजस्त पश्चगामी संविधान लादिए क्रान्तिको अर्को अध्यय सुरु हुन्छ” वैद्यले भन्नु भयो ।
कार्यक्रममा बोल्दै वैद्यले आफ्नो पार्टीलाई प्रधानमन्त्रीले संविधानमा सुझावको लागि बोलाएपछि छलफलको लागि गएको वैद्यले बताउनु भयो । “प्रधानमन्त्रीले हाम्रो पार्टीलाई सुझावको लागि बोलाएपछि हामी छलफल गर्न गयौा । उहााले नयाा संधिवानको सुझाव के छ भन्दै कुरा सुरु गर्नुभयो । हामीले यो संविधान जनताको संविधान बन्न नसक्ने बताउादै जनवादी संविधानको मस्यौदा प्रधानमन्त्रीको हातमा थमाएर आयौा” वैद्यले जिकिर गर्नु भयो ।
माओवादी आन्दोलन कमजोर र विभाजित भएको भन्दै जनविरोधी संविधान ल्याए त्यसलाई जलाएर आफूहरुले क्रान्तिको अर्को अध्याय सुरु गर्ने वैद्यले दावी गर्नु भयो ।