मस्यौदा संशोधनलाई अन्तिम रुप दिने प्रमुख दलको तयारी

मस्यौदा संशोधनलाई अन्तिम रुप दिने प्रमुख दलको तयारी

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १४ साउन ।

प्रमुख दलका शिर्ष नेताहरु असन्तुष्ट दलहरुसंग छलफल गरी मस्यौदा संशोधनलाई अन्तिम रुप दिने तयारी जुटेका छन । बिहान सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा बसेको प्रमुख चार दलको बैठकमा असन्तुष्ट दलले राखेका मागका बिषयमा छलफल भएको थियो ।

छलफलमा एकीकृत माओवादी र फोरम लोकतान्त्रिकले संघीयताको सिमांकनसहितको संविधान जारी गर्न सके असन्तुष्टहरुका आवाज समेटिने बताएका छन भने नेपाली कांग्रेसले पनि सिमांकनको टुंगो लगाउन सकिए माग सम्बोधन हुने बताएको छ ।

तर एमालेले भने संघीयताको सिमांकनमा लाग्दा साउनभित्र संविधान जारी गर्न नसकिने भएकाले पछि छलफल गरेर विवाद टुंग्याउनुपर्ने बताएको छ । प्रमुख चार दलको बैठकले संबिधानमा रहेका सबै दलको माग सम्बोधन गर्न सर्वदलीय छलफल गर्ने बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी