कास्की , म्याग्दी , बाग्लुङ र चितवनमा पहिरोमा परी ३३ जनाको मुत्यु ( अपडेट )

कास्की , म्याग्दी , बाग्लुङ र चितवनमा पहिरोमा परी ३३ जनाको मुत्यु ( अपडेट )

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, १४ साउन ।

कास्की, बागंलुङ ,म्याग्दी र चितवनमा पहिरोमा परी कम्तीमा ३३ जनाको मुत्यु भएको छ । गएराती भारी बर्षासंगै गएको पहिरोमा परी कास्की मात्र मुत्यु हुनेको संख्या २३ पुगेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावतका अनुसार लुम्लेमा १६ जना र भदौराको तामागीमा ५ , डुडाफाँटमा ५ जना र ढिकुरपोखरी गाविस ९ ठुलीचौरमा २ जनाको ज्यान गएका छ । लुम्ले–६ मा ज्यान गुमाउनेमा १० बर्षीय अर्जुन गुरुङ, ११ बर्षिया सविता पौडेल, ८४ बर्षीय बसन्ती विक, ३२ बर्षीया चिजा विक, १४ बर्षीया संम्झना विक, १० बर्षीया सलिना वि.क. र ९ बर्षीय सुनिल विक रहेका छन ।

यस्तै, २६ बर्षीया मंजु सुनार र उनकी ३ महिनाकी छोरी, ३२ बर्षीय सुन कुमारी जिसी, १० बर्षीय सुगम जिसी, ५ बर्षीय संगम जिसी, ५६ बर्षीय छिरिङ राई र उनकी श्रीमतिको पनि सोही पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, भदौरे तामागी–५ डुडाफाँटमा खसेको पहिरोमा परेर ६५ बर्षीय टिकाराम विक, ५५ बर्षीया रामकुमारी विक, ३१ बर्षीया गौरी पराजुली, ७ बर्षीय करण पराजुली र ६५ बर्षीया नन्दकली पराजुलीको मृत्यु भएको छ ।

कास्कीमा ८ जना बढि बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी रावतले बताउनु भयो । गम्भीर घाइते १४ जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । लुम्ले गाविसको वडा नम्वर ४ र ६ मा खसेको पहिरोले १५ बढी घर पुरिएको छ ।

यस्तै चापाकोट र भदौरेमा पनि दर्जन बढी घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले ३ ओटा गाविसमा गरि करिब ३० भन्दा बढी घर पुरीएको कास्की प्रहरीले जनाएको छ ।

पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरीले उद्धारकार्य जारी राखेको कास्की प्रहरीले जनाएको छ । पहिरोमा फसेकाहरुको उद्धारका लागी काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्ट परिचालन गरएिको छ । लुम्लेमा पहिरो गएर सडक समेत पुरिएपछि पोखरा बाग्लुङ्ग सडकमार्ग अवरुद्ध भएको छ ।

यता म्याग्दीको मुदी र मुना गाविसमा पहिरोमा पुरीएर ७ जनाको मुत्यु भएको छ । मुदी गाविसका ७० बर्षिय कलो घर्ती, ४७ बर्षिय जीतबहादुर घर्ति, ५२ बर्षिय भीमबहादुर घर्ती र एकै परिवारका ७३ बर्षिया धनदेवी पुन, उनका श्रीमान ७० बर्षिया किसलाल पुन र ४९ बर्षिया छोरीको मृत्यु भएको हो । यस्तै मुना गाविसमा ९ बर्षिया एलिना पहरे पुनको पहिरोमा परि ज्यान गएको प्रहरीले जनाएको छ ।
उता बाग्लुङमा पहिरोले घर पुरिदा बाग्लुङ रायडाँडा ९ का कलाधर थापाको मृत्यु भएको छ । चितवनमा पनि पहिरोमा पुरिएर २ जनााको मूत्यु भएको छ । मुत्यु हुनेमा ६ बर्षिया अरुणा चेपाङ र अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ । चितवनमा लगातार खसेको पहिरोका कारण २५ घर जोखिममा रहेको छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी