काठमाडौं, १४ साउन ।
संविधानको रानितिक संवाद तथा सहमति समितिको बैठक आज बस्दै छ ।
संविधानभाले चार दिनभित्र कुन कुन सुझाव समावेश गर्ने भन्नेबारे प्रमुख राजनितिक दलहरुबीच सहमति जुटाउन प्रतिवेदन समितिको जिम्मा लगाएको छ । प्रतिवेदनमा छलफल गर्न आज विहान समितिको बैठक बस्न लागेको हो ।
सहमति हुन नसके संवाद समितिले सहमति भएका र हुन नसकेका विषय छुट्याएर आफ्नो प्रतिबेदन संविधासभामा पेश गर्ने छ ।
संवाद समितिले आफ्नो समयभित्र सहमति कायम गर्न सकेका सबै विषय जस्ताको त्यस्तै संविधानसभामा पेश गर्नसक्ने स.विधानसभा सचिवालयले बताएको छ ।
अहिले सहमति हुन नसकेका विषय यसअघि जस्तै सहमति हुन नसकेको भनेर उल्लेख गरि प्रतिवेदन तयार पार्न संविधानसभाले निर्देशन दिएको हो ।
संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको पहलमा हिजो प्रमुख चार दलका शीर्ष नेता,संवाद समितिका सभापति र मस्यौदा समितिका सभापतिबीच भएको छलफलले संवाद समितिलाई चारदिनको समय दिने र संविधानसभा छलफलपछि मस्यौदा समितिलाई पनि अन्तरिम मस्यौदा तयार पार्न चारै दिनको समय दिने सहति भएको थियो ।