जनताको राय सुझाब सहितको प्रतिवेदन संवाद समितीमा

जनताको राय सुझाब सहितको प्रतिवेदन संवाद समितीमा

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, १३ साउन ।

संविधानसभाले संविधानको पहिलो मस्यौदामाथि नागरिकले दिएका रायसुझाव र प्रतिक्रियासम्बन्धी प्रतिवेदनलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाएको छ ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको पेश गरेके जनताको प्रतिक्रियासम्बन्धी प्रतिवेदन र सभाको निर्देशनलगायतका सम्पूर्ण कागजातसहितको विवरण सम्वाद समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्विकृत गरेको छ ।

 

बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमिला राणाले महत्वपूर्ण सुझावलाई संविधानसभाले सम्पत्तिको रुपमा राख्ने व्यवस्था मिलाएको तथा उपयोगी सुझावको सम्बोधन गरिने जानकारी दिनुभयो ।

 

प्रतिवेदनमाथि सम्वाद समितिमा भोलिदेखि छलफल हुनेछ । संविधानका अन्तर्वस्तुमा दलहरुबीच देखिएको कतिपय असहमतिका बुँदालाई सहमतिमा रुपान्तरण गर्न सम्वाद समितिले चार दिनको समय पाएको छ । प्रारम्भिक मस्यौदामाथि जनताले दिएका सुझावलाई सम्बोधन गर्न समितिमा व्यापक छलफल हुने र सहमतिका आधारमा नयाँ संविधानमा समेट्ने काम हुनेछ ।

 

यसअघि संविधानसभाको बैठकमा ८३ जना सभासद्ले संविधानको प्रारम्भिक मस्यौदामा देखिएको कमीकमजोरी, सम्बोधन गर्नुपर्ने जनताका सुझाव तथा सुधार र परिमार्जनका आधारबारे केन्द्रित रहेर भनाइ राखेका थिए ।
संविधानसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी