साउनभित्रै संविधान ल्याउन शिर्ष नेताहरुद्धारा कार्यतालिका तयार

साउनभित्रै संविधान ल्याउन शिर्ष नेताहरुद्धारा कार्यतालिका तयार

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, १३ साउन ।

साउन मसान्तभित्रै संविधान ल्याउन मुख्य दलका शीर्ष नेताहरुको विशेष बैठकले आन्तरिक कार्यतालिका तयार गरेको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा आज अपरान्ह बसेको शीर्ष नेताहरु र संविधानसभा समितिका सभापतिहरुसमेत रहेको विशेष बैठकले साउन मसान्तभित्रै संविधान ल्याउने प्रतिवद्धतासहित आन्तरिक कार्यतालिका तयार गरेको हो ।

बैठकले अब अलिकति पनि अलमल नगरी संविधान निर्माणको प्रक्रियालाई तिव्रता दिनुपर्ने निश्कर्ष निकालेको छ । बैठकमा तयार भएको आन्तरिक कार्यतालिका अनुसार जनताको सुझावसहितको प्रतिवेदनमा छलफल गरी परिमार्जनका आधार तयार गर्न बाबुराम भट्टराई अध्यक्ष रहेको संवैधानिक तथा सम्वाद समितिलाई चार दिन, मस्यौदा परिमार्जनका लागि कृष्णप्रसाद सिटौला अध्यक्ष रहेको मस्यौदा समितिलाई चार दिन दिने निर्णय भएको छ ।
त्यसैगरी संशोधनको सात दिने अवधिलाई घटाएर दुई दिन बनाउने र दफवार छलफलका लागि अहिले रहेको तीन दिनको व्यवस्थालाई एक दिनमा झार्ने सहमति भएको छ । यी सबै प्रकिया साउन २४ गतेसम्म सकाएर मसान्तभित्रै अन्तिम संविधान जारी गर्ने निर्णय भएको बैठकपछि अध्यक्ष सुवास नेम्वाङले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, सम्वाद समितिका अध्यक्ष बाबुराम भट्टराई , मस्यौदा समितिका अध्यक्ष कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी