मस्यौदा माथि संवैधानिक निकायका प्रमुखहरुसँग चार दलको परामर्श

मस्यौदा माथि संवैधानिक निकायका प्रमुखहरुसँग चार दलको परामर्श

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १३ साउन ।

आगामी साउन मसान्त भित्र संविधान जारी गर्ने तयारीमा जुटेका प्रमुख चार दलका शीर्ष नेताहरुले आज संवैधानिक निकायका प्रमुखहरुसँग संविधानको मस्यौदाका विषयमा परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुले प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहित संवैधानिक निकायका प्रमुखहरुलाई बोलाएर आगामी संविधानमा समेट्नुपर्ने संवैधानिक निकायका अधिकार लगायतका विषयमा परामर्श गरेका हुन् ।

त्यस क्रममा संवैधानिक निकायका प्रमुखहरुले संविधानको मस्यौदामा धेरै त्रुटि रहेको भन्दै त्यस्ता त्रुटि सच्याउन सुझाव दिएका छन् ।

त्यस क्रममा चार दलका शीर्ष नेताहरुले पनि मस्यौदामा देखिएका त्रुटि थप छलफल गरेर सच्याउने प्रतिबद्धता जनाएको नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी