काठमाण्डौ,१३ साउन ।
सरकारले पुराना ट्याक्सी हटाएर नयाँ ट्याक्सीलाई अनुमति दिने निर्णय गरेको भन्दै ट्याक्सी व्यावसायीहरु त्यसको विरोधमा आन्दोलीत भएका छन । २८ बुदे माग सहित विभिन्न ट्याक्सी व्यावसायी संघले आज प्रदर्शन गरेपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ ।
उनीहरुले भुकम्प पिडीतका नाममा सरकारले ट्याक्सीमा शुन्य भन्सारमा लगाएर धमाधम ट्याक्सी भित्राउदै पुराना ट्याक्सीको नम्बरलाई लुकाइ नया ट्याक्सीलाई अनुमति दिएको भन्दै आपत्ती जनाएका छन । बिहान काठमाडौंको जोरपाटी, कोटेश्वर, नख्खु, कलंकी लगायत चक्रपथका मुख्य मुख्य स्थानबाट निकालेको ट्याक्सी र्याली खुलामञ्चमा पुगी सभामा परिणत भएको थियो ।
अखिल नेपाल क्रान्तिकारी मजदुर संघ , फेमिली सेवा ट्याक्सी समिति , अखिल नेपाल ट्रेड युनियन महासंघ, काठमाडौ उपत्यका स्वरोजगार मजदुर संघ लगायतले तत्काल सरकारले गरेको कार्य रोक्नुपर्ने बताएका छन ।फेरी पनि सरकारले त्यस्तो कार्र्य गरे आफुहरु कडा संघर्षमा जाने चेतावनी दिएका छन ।