आज बाघ संरक्षण दिवस मनाइदै

आज बाघ संरक्षण दिवस मनाइदै

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौ १३ साउन । आज विश्व बाघ संरक्षण दिवस ।

नेपालमा पनि बन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

संसारबाट घट्दै गएको बाघको संरक्षण तथा संख्या वृद्धिका लागि सहयोग पुर्याउने उद्देश्यले हरेक वर्ष जुलाई २९ तारिखमा बाघ संरक्षण दिवस मनाउने गरिन्छ ।

नेपालको बाँके, बर्दिया, कञ्चनपुरको शुल्काफाँट, चितवन, सिन्धुलीको चुरे क्षेत्रमा मात्रै बाघ पाइन्छ । बाघको छाला, हाड, मासु, दाँत र नंग्रा महंगोमा बिक्री हुने भएकाले पछिल्लो समय चोरी शिकारी बढेको छ ।

पछिल्लो सय वर्षको अवधिमा संसारभर बाघको संख्या ९७ प्रतिशतले घटेको बताइएको छ । २०१३ को तथ्याङ्क अनुसार नेपालमा बाघको संख्या १ सय १९ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।

हाल नेपालमा शुक्लाफाँट वन्यजन्तु आरक्षण, बर्दिया, बाँके तथा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणमा गरी १ सय ९८ बाघ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी