काठमाडौं १३ साउन ।
साउन मसान्त भित्र संबिधान जारी तयारीमा रहेका प्रमुख चार दलले असन्तुष्ट दलहरुसँग आज छलफल गर्ने भएका छन । हिजो नै छलफल गर्ने बताएपनि असन्तुष्ट मधेसी दलका केही नेताहरु राजधानी बाहिर रहेकाले आज छलफल हुने एक नेताले जानकारी दिएका छन ।
प्रमुख दलका शिर्ष नेताहरुले संबिधानको प्रारम्भिक मस्यौदामा नागरीकहरुले दिएका सुझावलाई आधार मानेर धर्म र नागरिकताका विषयमा नयाँ सहमति गर्ने बताएका छन । असन्तुष्ट मधेसी मोर्चामा रहेका दलसँग छलफल गरेपछि छुट्टै बैठक बसेर निर्णय गरीने एक नेताले बताए ।
छलफलको समय भने तय भइनसकेको जनाइएको छ । प्रदेशको सिमाङकनका बिषयमा असुन्तुष्टी जनाएका मधेशी दलसंग चार दलले छलफल गर्न लागेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline