काठमाण्डौ,१३ साउन।
बिगत ३०० सय बर्षदेखी चल्दै आएको बाराको बरियापुर गाबिसमा पर्ने गढ्रीमाइ मन्दिरमा बली दिने प्रथा अबदेखी रोकिने भएको छ । पाच पाच बर्षको अन्तरमा लाग्ने मेलामा हजारौको संख्यामा पशु बली दिने गरीन्थ्यो ।
गढ्रीमाई मन्दिरमा ३ सय बर्षदेखी चल्दै आएको बली दिने कार्य भने अब रोकिने भएको हो । पशुकल्याण संजाल र हुमाने सोसाइटी इन्टरनेशनलले भारतको दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गढीमाइ मन्दिर संचालन तथा बिकास समितीका अध्यक्ष रामचन्द शाहले एक प्रेस बिज्ञप्ती निकाल्दै अबको मेलाबाट बली दिने प्रथा रोकिने बताउनु भयो ।
पुराना परम्परा परिबर्तन गर्ने बेला आएको भन्दै अध्यक्ष शाहले आगामी बर्षमा पशुचौपाया बलीको स्थानमा शान्तिपुर्ण भक्ति र उत्सब ह्ने बताउनु भयो । २०७६ सालमा लाग्ने गढीमाइ मेला बली र हिसांरहति हुने शाहद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
पशु अधिकारको बकालत र बली प्रथा रोक्ने अभियन्ताहरुले बली प्रथाको चर्को बिरोध गर्दै आएका थिए ।गतबर्र्ष मात्र त्यहा १० हजार भन्दा बढी पशु चौपाएको बली दिइएको थियो । पशु कल्याण संजाल समिती नेपालका अध्यक्ष मनोज गौतमले गढीमाई मन्दीर संचालन कोषको निर्णयलाई साहसीक र उत्साहजनक कार्य भएको टिप्पणी गर्नुभयो ।