काठमाडौं, १२ साउन ।
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शिक्षा विभाग, उच्च माध्यमिक शिक्षा परिसद् र परिसदका क्षेत्रीय कार्यालयका साथै जिल्ला शिक्षा कार्यालयमा ताला बन्दि गरेको छ ।
शिक्षा विभागमा अखिल क्रान्तिकारीका अध्यक्ष रसद रसाइली, उच्च माध्यमिक शिक्षा परिसदमा उपाध्क्ष पूर्णबहादुर सिंह र क्षेत्रिय कार्यालयमा महाचिव खगेश्वर केसीको नेतृत्वमा ताला बन्दि गरिएको क्रान्तिकारीका सचिव दीपेन्द्र चलाउनेले जानकारी दिनुभएको छ ।
क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले एक बिज्ञप्ति जारी गर्दै विभिन्न मागहरु राखेर ताला बन्दी गरिएको घोषणा गर्नुभएको छ ।
गत बैशाख ६ गते एकलौटी र गैरकानुनी ढंगले वृद्धि गरिएको शुल्क फिर्ता लगायतको १० बुँदे समझदारी तत्काल लागु गर्नुपर्ने, शिक्षणसंस्थाको विदेशी नाम परिवर्तन र उच्च माविमा २ अंकको छात्रवृत्ति लागु गर्ने सहमति कार्यन्वयन गर्नुपर्ने माग राख्दै तालाबन्दि गरेको हो ।
त्यस्तै भूकम्प गएकोबेला पढाइ नभएको १५ दिनको शुल्क छुट गर्ने निर्णय लागु भए नभएको अनुगमन गर्नुपर्ने, बिना इजाजत मापदण्ड बिपरित खोलिएका विद्यालयहरु खारेजी गर्नुपर्ने, कक्षा ११ र १२ मा बढी शुल्क लिने विद्यालयलाइ कारवाही गर्नुपर्ने, लगायतका मागहरुको तत्काल सम्बोधन नगरीए कडा संघर्षका कार्यक्रम ल्याउने क्रान्तिकारीले जनाएको छ ।