चीनमा नक्कली आइफोन बनाउने ९ जना प्रहरी फन्दामा

चीनमा नक्कली आइफोन बनाउने ९ जना प्रहरी फन्दामा

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

चीनमा एप्पलको नक्कली आइफोन बनाउने कम्पनीमा छापा मारी त्यसमा कार्यरत ९ जनालाई पक्राउ परेका छन ।

सयौं कामदार रहेको उक्त कम्पनीले विभिन्न ब्रान्डाका पुराना स्मार्टफोनका पाटपुर्जा मिलाएर नयाँ आइफोन बनाउने गरेको भेटिएको हो ।

श्रीमान श्रीमती मिलेर चलाएको कम्पनीले अहिलेसम्म एक करोड ९० लाख अमेरिकी डलर भन्दा धेरै मुल्य पर्ने ४१ हजार वटा नक्कली आइफोन बनाएको अधिकारीले बताएका छन् ।

उक्त कम्पनीबारे गत मे १४ मा थाहा पाएको भएपनि बेइजिङका अधिकारीले आइतबार मात्रै यस विषयमा जानकारी दिएका हुन् । चीनको राजधानी बेइजिङबाट उत्तरतर्फको बाहिरी क्षेत्रमा रहेको कम्पनीमाथिको अनुसन्धान गएको जनवरी महिनामा सुरु भएको थियो ।

चीनमा आइफोन मात्रै नभएर अन्य सामग्रीको पनि नक्कली उत्पादन हुने गरेकाले त्यस्ता साम्रगी उत्पादनलाई निरुत्साहित गर्ने गरी संयुक्त रुपमा काम गर्न अमेरिकी अधिकारी र चिनिया अधिकारी सहमत भएका छन् । चीनको कुनमिङ शहरमा चार वर्ष अघि नक्कली एप्पल स्टोर पनि भेटिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी