पोखराका पाँच वटा पेट्रोल पम्प कारवाहीमा

पोखराका पाँच वटा पेट्रोल पम्प कारवाहीमा

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १२ साउन ।

गुणस्तर तथा नापतौल विभागले पोखराका पाँच वटा पेट्रोल पम्पलाई कारवाही गरेको छ । पेट्रोल पम्पको छड्के अनुगमनका क्रममा कम पेट्रोल बेचेको पाइएपछि कारवाही गरिएको विभागले जनाएको छ ।

थप दुई वटा पेट्रोल पम्पको विषयमा अझै पनि अनुसन्धान भैरहेको र अन्य ३ वटा पेट्रोल पम्पलाई सामान्य कारवाहीपछि सञ्चालन अनुमति दिइएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका वरिष्ठ निरीक्षक मनोजकुमार पोखरेलले बताउनुभयो ।

गुणस्तर तथा नापतौल कार्यालय कास्कीका विभागीय वरिष्ठ निरीक्षक राकेशकुमार झा नेतृत्वको टोलीले अनुगमन गर्दा कमजोरी भेटेपछि गण्डकी पेट्रोलियम कम्पनी अमरसिंहचोक र श्रीओम पेट्रोलियम टेडर्स चाउथे विरुद्ध कारवाही प्रक्रिया अघि बढाएको हो ।

१० लिटर पेट्रोल भर्दा २० देखि ४० एमएलसम्म कम भए खासै त्रुटि नमानिने भएपनि दुवै पप्पमा ३ सय एमएलसम्म कम भएपछि अनुसन्धानका लागि बन्द गरिएको हो । दुवै पम्पलाई उपभोक्ता संरक्षण ऐन अनुसार डेढ महिनासम्म बन्द गरेर अनुसन्धान थालिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी