जयश्री खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

जयश्री खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, १२ साउन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री खोलाको पुल भाँचिदा हिजो साँझबाट नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

जीर्ण रहेको उक्त पुल लच्किएका  भांचिएपछि हिजो साँझ ६ बजेदेखि सवारी साधन आवत जावत बन्द गरिएको छ ।

बुटवलबाट पूर्व जाने सवारी साधन र नारायणगढबाट पश्चिम जाने सयौं सवारी साधन र हजारौं यात्रु अहिले पोखरा हुँदै आवतजावत गरिरहेका छन् ।

प्रहरीका अनुसार अहिले अस्थायी डाईभर्सन बनाएर सबारी संचालन गर्ने तयारी भइरहेकोे छ ।

वैकल्पिक बाटो बनाएर सडक सञ्चालन गर्न विहानबाट नवलपरासी र बुटवलस्थित सडक डिभिजन कार्यालयबाट ईस्काभेटर र लोडरसहितका कर्मचारी घटनास्थलमा खटिएका छन् ।

तीनवर्ष अघि नै भत्किएको उक्त पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी