प्रमुख दलहरुले आजबाट असन्तुष्ट पक्षसँग छलफल गर्दै

प्रमुख दलहरुले आजबाट असन्तुष्ट पक्षसँग छलफल गर्दै

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १२ साउन । 

संविधान निर्माणका क्रममा असन्तुष्ट दलहरुसँग प्रमुख चार राजनितिक दलले आजबाट छलफल गर्दैछन् ।

आगमी साउन मासन्त भित्र संविधान जारी गर्ने तयारीमा जुटेको प्रमुख दलले संविधानसभा भित्र र बाहिर रहेका असन्तुष्ट पक्षसँग छलफल गर्न लागेका हुन् ।

संविधानसभा भित्र रहेको राप्रपा नेपाल, केही मधेश केन्द्रित दल तथा संविधानसभा बाहिर रहेको नेकपा माओवादीसँग छलफल गर्ने दलहरुको तयारी छ ।

असन्तुष्ट पक्षसँगको छलफलपछि प्राप्त सुझावलाई आधार बनाई मस्यौदा परिमार्जनको काम थाल्ने दलहरुको तयारी रहेको एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि हिजो साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दल नेपाली काँग्रेस, एमाले तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले असन्तुष्ट पक्षलाई पनि समेटेर संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा प्रमुख सचेतकहरुले भावी संविधानको मस्यौदामा जनताबाट प्राप्त सुझावलाई समेटी ७ बुँदे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी