मुख्यसचिव पौडेल आइतबारदेखि अवकासमा

मुख्यसचिव पौडेल आइतबारदेखि अवकासमा

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १२ साउन ।

मुख्यसचिव लीलामणि पौडेल आगामी आइतबारदेखि बिदामा बस्ने भएका छन् । मुख्यसचिवको तीन वर्षे पदावधि पूरा गरी पौडेलले आगामी असोज २३ मा अनिवार्य अवकास पाउँदैछन् । उनले आइतबारदेखि कार्यालय नआउने प्रधानमन्त्री सुशील कोइराला र आफ्ना सहयोगीहरूलाई जानकारी दिइसकेका छन् ।

आफ्नो पदावधि नसकिंदै सरकारले आफ्नो उत्तराधिकारी चयन गर्ने बाटो खोलिदिन पौडेल बिदामा बस्न लागेका हुन् । अर्को साता बस्ने मन्त्रिपरिषद बैठकमा मुख्यसचिव नियुक्तिबारे छलफल हुने जानकारी स्रोतले दिएको छ ।

पौडेलको पदावधि सकिनुअघि नै निजामती प्रशासनको सर्वोच्च पदमा पुग्न वरिष्ठ सचिवहरूबीच दौडधुप सुरु भएको छ । उनीहरू मुख्यसचिव हुन प्रधानमन्त्री सुशील कोइराला, मन्त्री, सत्तारूढ कांग्रेस र एमालेका प्रभावशाली नेताकहाँ धाउन थालेका छन् ।

मुख्यसचिवमा बहालवाला सचिवमध्ये सबभन्दा ज्येष्ठ ब्याचका तीन जना गरिवी निवारण तथा सहकारी मन्त्रालयका श्रीधर गौतम, स्थानीय विकासका सोमलाल सुवेदी र उद्योगका जयमुकुन्द खनाल प्रमुख दाबेदार छन् ।

परम्पराअनुसार ज्येष्ठ ब्याचभित्रबाट मात्र बढुवा गर्ने हो भने गौतम, सुवेदी र खनालमात्र मुख्यसचिवका प्रतिस्पर्धी छन् । सबभन्दा वरिष्ठ सचिव गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागीय कारबाही गर्न र कुनै पनि जिम्मेवारी नदिन सरकारलाई लिखित निर्देशन दिएको छ ।

अख्तियारले गोकर्ण रिसोर्ट लिजमा सञ्चालन गर्न जिम्मा लिएको सिंगापुरको कम्पनीको शेयर सम्झौताविपरीत नेपाली साझेदारलाई हस्तान्तरण गर्न दिएको प्रकरणमा नेपाल ट्रष्टका तत्कालीन सचिव गौतमलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

अख्तियारले सार्वजनिक पद दुरुपयोग र भ्रष्टाचारको घटनामा मुद्दा दायर गर्नेबाहेक सरकारलाई विभागीय कारबाही गर्न निर्देशन दिने अधिकार नभएको सर्वोच्च अदालतको फैसला छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी