संबिधान निर्माणमा असन्तुष्ट दलसँग प्रमुख दलले छलफल गर्ने

संबिधान निर्माणमा असन्तुष्ट दलसँग प्रमुख दलले छलफल गर्ने

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,११ साउन ।

प्रमुख चार दलले भोलीबाट संविधान निर्माणका क्रममा असन्तुष्ट दलहरुसँग छलफल थाल्ने भएका छन् ।

संविधानसभा भित्र रहेको राप्रपा नेपाल, केही मधेश केन्द्रित दल तथा संविधानसभा बाहिर रहेको नेकपा माओवादीसँग घनीभूत छलफल गर्ने चार दलको तयारी छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा साँझ बसेको नेपाली कँग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले संविधानसभा भित्र र बाहिर रहेका असन्तुष्ट दलसँग गंभिर वार्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उनीहरुसँगको छलफलपछि प्राप्त सुझावलाई आधार बनाई मस्यौदा परिमार्जनको काम थाल्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैबीच आजको बैठकमा प्रमुख सचेतकहरुले भावी संविधानको मस्यौदामा जनताबाट प्राप्त सुझावलाई समेटी ७ बुँदे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चार दलका चार जना प्रमुख सचेतक सदस्य रहेको कार्यदलले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख, सीमाङ्कन, सीमान्तकृत समुदायको हकहीत, स्थानिय निकायको निर्वाचन, नागरिकता, धर्म र न्यायपालीकामा जनताको रायसुझावका आधारमा प्रतिवेदन तयार पारेका हुन् ।

एमाओवादी उपाध्यक्ष श्रेष्ठले ती बुँदामा आजको बैठकमा सामान्य छलफल भएपनि असन्तुष्ट दलहरुको परामर्शपछिमात्र बुँदागत रुपमा छलफल थाल्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी