डोटी , ११ श्रावण ।
धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग अन्तरगत घण्टेश्वर गाविस २ गैरामा बसको ठक्करबाट सोमबार एक युवकको ज्यान गएको छ ।
घटनामा परि गम्भीर घाईते भएका डोटीको लक्ष्मीनगर २ भिडानीका अन्दाजी २० वर्षिया हर्क बहादुर कपड्यालको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
बिहान करिब सवा ११ बजेतिर भएको घटनापश्चात कपड्याललाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पतालमा लगिएको र उपचारकै क्रममा
दिउँसो साढे २ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको ना. ५ ख. ८११७ न. को बसले उनलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने बसलाई स्याउले ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मृतक कपड्याल महेन्द्रनगरबाट बझाङ्तर्फ गईरहेको ना. ३ ख. ७८२८ न. को बसका सह–चालक हुन् ।