काठमाडौँ, ११ साउन ।
संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट आएका राय सुझावभन्दा बाहिर संविधानसभा नजाने बताउनु भएको छ ।
विभिन्न मागसहितको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ज्ञापनपत्र बुझ्दै आज उहाँले जनताले मस्यौदामाथि दिएका सुझावलाई संविधानसभाले गम्भीरता पूर्वक लिने बताउनुभयो ।
सभाअध्यक्ष नेम्वाङले नेपाल सबै जात, भाषा, धर्म, संस्कृति र वर्गको साझा फूलबारी भएको चर्चा गर्दै सबै धर्म, भाषा, संस्कृतिमा विश्वास गर्नेको भावनालाई समेटेर मुलुक अघि बढ्नुपर्ने बताउनुभयो ।
महासंघका महासचिव सिवी गहतराजले अन्तरिम संविधानमा व्यवस्था भएको धर्म निरपेक्षताबाट मुलुक पछाडि फर्किनु नहुने चर्चा गर्दै सबै धर्म, भाषाभाषी र जातिले आफ्नो परम्परा र संस्कृति सम्मानपूर्वक मान्न पाउनुपर्ने माग गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline