काठमाडौं, ११ साउन ।
नेपाल संस्कृत विश्वविद्यालयले राजनीतिक हस्तक्षेप बन्द गर्न आग्रह गरेको छ । संस्कृत विश्वविद्यालय दाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गर्न आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलले नेपाल संस्कृत विश्व विद्यालयमा भएको राजनीतिकरणले विश्वविद्यालय धरासायी भएको भन्दै बचाउन आग्रह गरेको हो । नियम विपरित संस्कृत विश्वविद्यालयमा नियुक्त गरिएका पदाधिकारीलाई पदमुक्त गरी नयाँ नियुक्ति गर्नु पर्ने माग प्रतिनिधिमण्डलको छ ।
यसैगरी विभिन्न जिल्लाबाट आएका मुक्त कमैयाहरुले पनि आजै प्रधानमन्त्री सुशील कोइरालाई भेटी ज्ञापनपत्र बुझाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline