काठमाडौं ,११ साउन ।
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वा्चित कार्यकारी र प्रदेशको सिमांकनलाई अडान बनाएर संविधान रोक्ने पक्षमा आफू नरहेको बताउनु भएको छ । लाजिम्पाट स्थीत आफनै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले बिपक्षीदलका मागलाई समेट्दै संबिधान जारी गर्ने दाबी गर्नुभएको छ ।
उहाले संबिधानमा ’धर्म निरपेक्षता’ शब्दावली नसुहाएको भन्दै यसको सट्टा अर्कै शब्द प्रयोग गरेर संविधान जारी हुने बताउनु भयो । संविधानको प्रारम्भिक मस्यौदामा धर्म निरपेक्षता भन्ने शब्द राखिएपछि जनताहरु आक्रशित भएको भन्दै आफुहरु नाम परीबर्तन गर्ने सोचमा आएको बताउनु भयो ।
गत साउन ४ र ५ गते जनतासँग सुझाव संकलनमा गएका सभासद्हरुलाई जनताले धर्म निरपेक्षताा राखेको भन्दै विरोध जनाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline