काठमाण्डौ,१० साउन ।
नयाँ संविधानको मस्यौदामा जनताले दिएका रायसुझावसहितको एकीकृत प्रतिवेदन सोमबार बुझाइने भएको छ ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सोमबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष प्रतिवेदन बुझाउने भएको छ ।
पचत्तरै जिल्लामा खटिएका सभासद्सहितको टोलीले जनताका सुझावसहितको प्रतिवेदन समितिलाई बुझाइसकेको छ । ती सबैलाई एकीकृत गरी समितिले आज रातिसम्ममा अन्तिम प्रतिवेदन तयार गर्नेछ ।
मंगलबार बस्ने संविधानसभाको बैठकमा जनताको सुझावसहितको प्रतिवेदन पेस गर्ने तयारी छ ।
त्यसपछि त्यो प्रतिवेदनमा छलफल गरी परिमार्जनका आधार तयर गर्न बाबुराम भट्टराई अध्यक्ष रहेको राजनीतिक, संवैधानिक तथा सम्वाद समितिमा पठाइने छ ।
छोटो समयमा समितिले छलफल टुंग्याएर संविधानसभामा पेस गर्नुपर्नेछ । त्यसलाई संविधानसभाले मस्यौदा समितिमा पठाउने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline