काठमाण्डौ, १० साउन ।
सुझावका आधारमा दलहरुले संविधानमा भएको धर्मनिरपेक्षता हटाउने सहमति गरेका छन् । धर्म निरपेक्षताका ठाउँमा ‘सर्व धर्म समभाव’ शब्द राखिने छ ।
नागरिकका तर्फबाट धार्मिक स्वतन्त्रता राख्नु पर्ने सुझाव आएपछि दलहरुभित्र पनि दवाव परेको थियो । एमालेले धार्मिक स्वतन्त्रता नै कायम गर्नुपर्ने संस्थागत निणर्य गरेको थियो ।
एमाले नेता भीम रावलले धर्म निरपेक्षता शब्द हटाएर ‘सर्व धर्म समभाव’ राख्ने सहमति दलहरूबीच भएको बताउनुभएको छ ।
उहाँले जनताबाट धार्मिक स्वतन्त्रता राख्नुपर्ने सुझाव आएपनि दलहरुले धर्म निरपेक्षता या धार्मिक स्वतन्त्रता भन्दा ‘सर्व धर्म समभाव’इ राख्नु उपयुक्त हुने निष्कर्ष निकालेको बताउनुभयो ।
खासगरी धर्मनिरपेक्षताको विरुद्धमा व्यापक जनमत आएपछि त्यसलाई मस्यौदामा सम्बोधन गर्नुपर्ने निश्कर्षमा दलहरु पुगेका थिए ।
तर, कस्तो व्यवस्था वा शब्दावली समावेश गर्ने भन्ने बारेमा लामो छलफलमा दलहरू थिए । धर्म्निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता, बहुधार्मिक मुलुक, हिन्दु राज्य जस्ता विभिन्न सुझाव आएका थिए ।