व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १० साउन ।  व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

अपरान्न ३ बजे पछि सुरु हुने आजको बैठकमा मस्यौदामाथि जनमत संकलनका क्रममा विभिन्न जिल्लामा भएको अवरोधका सन्दर्भमा गृहमन्त्री वामदेव गौतमले जवाफ दिनु हुनेछ ।

संसदको निर्देशन बमोजिम सुझाव संकलनका क्रममा भएको अवरोधका विषयमा सरकारका तर्फबाट  गृहमन्त्री गौतमले आजको बैठकमा जवाफ दिन लाग्नु भएको हो ।

यसअघि गत विहिबार बसेको संसद बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले विभिन्न जिल्लामा आफ्ना कार्यकर्ता माथि भएको आक्रमणका विषयमा गृहमन्त्रीले  जवाफ दिनुपर्ने माग गर्नुभएपछि  सभामुख सुवास नेमवाङले संसदलाई घटनाको सत्य तथ्य जानकारी गराउन निर्देशन दिनु भएको थियो ।

यस्तै आजको बैठकले सरकारले पेश गरेको बजेटमाथि मन्त्रालयगत छलफलको मिति तोक्ने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी