काठमाडौ,१० साउन ।
आगामी साउन मसान्त सम्ममा संविधान जारी गर्ने तयारीमा जुटेका प्रमुख चार राजनितिक दलले आज पनि छलफल जारी राखेको छ । त्यसका लागि अहिले प्रमुख चार दलका शिर्ष नेता सम्मिलित बैठक बालुवाटार स्थित प्रधानमन्त्री निवासमा जारी छ ।
आजको बैठकमा संविधानको प्रारम्भिक मस्यौदा माथि नागरिकबाट प्राप्त सुझावलाई संविधानमा समेट्ने विषयमा छलफल भइरहेको छ ।
दलहरुबीच धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, नागरिकता, प्रदेशको संख्या, सिमांकन र नामांकनका विषयमा आएका सुझावलाई आधार बनाएर छलफल भइरहेको बताइएको छ ।
त्यसैगरी मधेस केन्द्रित दल तथा अन्य असन्तुष्ट पक्षहरुले उठाएका माग र मुद्दाका बारेमा पनि दलहरुले छलफल गर्दैछन् । मधेस केन्द्रित दलहरुले सिमांकन र नामांकन टुंग्याएर पूर्ण संघीयतासहितको संविधान ल्याउनुपर्ने माग राख्दै आएका छन् ।